×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा, कुल शाखा ३९ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा, कुल शाखा ३९ पुग्यो

Artha Sarokar

२५ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको कोटिहवामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । यस शाखासँगै बैंकको शाखा संख्या ३९ पुगेको छ ।
बैंकले भविष्यमा आवश्यकता र संभाब्यताका आधारमा थप शाखा कार्यालयहरु विस्तार गर्दै जाने लक्ष्य लिएको छ । बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ्ग पहुँच पुर्याउने रणनीति अनुरुप कार्य गर्दै आइरहेको छ ।
चुक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको यस बैंकले १६ अर्ब १० करोड निक्षेप परिचालन गरी १४ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवा दिँदै आएको छ । साथै, बैंककाे एउटा एक्सटेन्सन कार्यालय रहेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी