- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटिएम आउलेटको उद्घाटन गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमारले एटिएम आउलेटको उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो । यस बैंकले ८८ शाखा, १९ एक्स्टेनस्न काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।