काठमाडौं – नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता गरेको छ । नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ग्राहकहरुले नेपाल बैंकका देशभरि संचालनमा रहेका १५८ शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमासेवाहरु प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।
जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध औषधि–उपचार खर्च प्राप्त गर्नेछन् । यसै सम्झौतासँगैनेपाल बैंककाग्राहकहरुलेपनियस नौलो योजनाहरुको लाभ उठाउन सक्नेछन् ।
नेपालभरका ग्राहकलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बैंकका ६० वटा भन्दाबढि शाखाहरु संचालनमा ल्याइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्