काठमाडौँ – एशियन लाईफ इन्स्योरेन्स कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरुविरुद्ध बीमा सुरक्षा प्रदान गर्न ‘एशियन क्रिटिकल केयर’ पूरक करार सार्वजनिक गरेको छ ।
यो ऐच्छिक सुविधा (पुरक करार) बाट बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरुपण भएमा उपचार खर्चवापत एकमुष्ठ ५० लाखसम्म भुक्तानी पाउँछन् ।
मानव स्वास्थ्यमा कुनै गडबडीको कारण आइपर्ने गम्भीर रोगको उपचारमा जीवनभरीको पसिनाको कमाई निमेषभरमै स्वाहा हुनसक्छ । यस्तो गम्भीर रोगको उपचार खर्चको लागी ‘एशियन क्रिटिकल केयर (घातक रोग लागेमा थप सुविधा दिने बारेको पूरक करार)’ ले बीमितलाई तनावबाट टाढा राख्ने कम्पनीका प्रमुख कार्यकारी अधिृकत राजेशकुमार श्रेष्ठले बताए ।
मुख्य विशेषताहरु:
– १८ वटा घातक रोगविरुद्धको रक्षावरण ।
– ५० लाख सम्मको एकमुष्ठ बीमा रकम प्राप्त हुने ।
– बीमा रकम लिन अस्पतालको बील पेश गर्नु नपर्ने ।
– बीमाङ्क ५० हजारदेखि ५० लाखसम्म ।
– प्रवेश उमेर १६ वर्षदेखि ६० वर्षसम्म ।
कम्पनीले २९ वटा शाखा र ७९ वटा उपशाखा गरी १०८ वटा कार्यालयमार्फत् सेवाग्राहीलाई घरदैलोमा बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीको हाल अधिकृत पूँजी ५ अर्ब, चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने २०७५ पौष मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्