काठमाडौं – ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सेवा सम्बन्धि सम्झौता भएको छ । हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटका हस्पिटल डाइरेक्टर सञ्जिव राजभण्डारी र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रवद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले उक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहकतथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट दिने भएको छ ।
ग्लोबल आइएमई बैंकको हाल १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११५ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्