×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तको खुद नाफा ८.८७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी लघुवित्तको खुद नाफा ८.८७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

७ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा  ४ करोड ८५ लाख १७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ८.८७% धेरै हो । गत वर्ष लक्ष्मीले ४ करोड ४५ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
संस्थाले खुद ब्याज आम्दानी १६.३६% ले बढोत्तरी गरेर १३ करोड ६६ लाख ३० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ११ करोड ७४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ७ करोड ६२ लाख २५ हजार रुपैयाँ कमाएको छ । 
यता संस्थाकको निक्षेप संकलन १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ गरेर कर्जा लगानी ३ अर्ब १२ करोड ८० लाख ४५ हजार रुपैयाँ गरेको छ भने जगेडा कोषमा १८ करोड ४३ लाख ७ हजार रुपैयाँ छ । 
संस्थाको खराब कर्जा १.२१% भएको छ भने प्रतिसेयर आम्दानी ४० रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी