×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकद्वारा सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनता बैंकद्वारा सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन

Artha Sarokar

३ माघ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल भलिबल संघले भलिबल खेलको विकास र विस्तारको लागि निरन्तर रुपमा खटी काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले २०७४ साल देखि एन.भि.ए. अवार्ड प्रदान गर्दै आइरहेको छ । दोस्रो एन.भि.ए. अवार्ड कार्यक्रम यही २०७५ माघ ११ गते आयोजना गरिएको छ ।
कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी जनता बैंकले खेलाडीहरुलाई प्रदान गरिने बभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आइरहेको छ ।
यसै सिलसिलामा आज जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा बिच पुरस्कार प्रायोजन सम्बन्धि एक संझौतामा हस्ताक्षर सम्पन्न भएको छ । संझौता अनुसार नेपाल भलिबल संघल एन.भि.ए. अवार्ड सेरेमोनी मा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार रु. २ लाख (प्रति टिम रु. एक लाख) जनता बैंकले प्रायोजन गर्ने छ । साथै उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध गारइनेछ । 
गत पौष १३ गते नेपाल राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी रु. २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदान गरिने गरी संझौता गरिएको छ । जनता बैंकको खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी