×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त

PRIME CA

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णय अनुसार सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको लागि आगामी साउन १ गतेदेखि लागू हुने गरि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड, टेकुलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता–पत्रमा असार ६ गते हस्ताक्षर गरिएको छ । उक्त सम्झौतपत्रमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रबन्ध संचालक सुधिर श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरविवि मर्चेन्ट बैकिङ्ग लि. राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: