काठमाडौं – कैलाश विकास बैंककोे लिमिटेडले रुपन्देही जिल्लाको होराईजनचोक बुटवलमा नयाँ शाखा स्थापना गरेको छ । उक्त नयाँ शाखा पौष २६ गतेदेखि औपचारिक कारोवार सुरु गर्ने गरी स्थापना गरिएको हो । नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले गरेका हुन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता रहेको उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्ण प्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगाएतले बोलेका थिए ।
हाल बैंकले ८२ शाखा ३१ एटिएम मार्फत आफ्ना ग्राहकलाई आधुविब बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ । बैकले हालसम्म २६ अर्व निक्षेप संकलन गरी २३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्