×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकद्धारा बीमा दाबी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकद्धारा बीमा दाबी भुक्तानी

Artha Sarokar

२७ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकले निक्षेप योजना अन्तर्गत “प्रिमियम समुन्नती बचत खाता” खोलि दुर्घटनामा परेका ग्राहकलाई दुर्घटना बीमा बापत दाबी भुक्तानी गरेको छ । बैंकले कार्तिक २० गते दुर्घटनामा परि असामयिक निधन भएका स्वर्गीय राज कृष्ण श्रेष्ठको हकवाला छोरा रजत कृष्ण श्रेष्ठलाई क्षतिपुर्ति बापतको पाँच लाखको चेक बैंकले हस्तानतरण गरेको छ ।
उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट पौष २६ गते बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गरेको हो । कार्यक्रममा बैंकका प्रमुख बजार व्यवस्थापन हभिकृत राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको जानकारी गराए ।
हाल बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै हाएको छ । बैंकको वासलातको आकार २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी