×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख १५ हजार ७ सय ४३ रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख १५ हजार ७ सय ४३ रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी

Artha Sarokar

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासीमा बीमितको मृत्युपश्चात् बीमा दाबी रकम भुक्तानी गरेको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ६ मा बीमित स्व. नरसिंह कहारको परिवारलाइ घरमै पुगेर रकम भुक्तानी गरिएको हो ।
स्व. नरसिंहको बीमा गरेको एक वर्ष भित्रै कालगतिले मृत्यु भएको थियो । सरावल – ६ का वडा अध्यक्ष कैलाश यादवको रोहवरमा तथा उक्त बीमा कम्पनीका प्रदेश प्रमुख एजिएम ऋषिभक्त ढकालको उपस्थितिमा कम्पनीको परासी शाखाका प्रमुख अमरदीप गुप्ताले बीमितकी पत्नी गीता कहारलाई ५ लाख १५ हजार ७ सय ४३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बीमितले उक्त कम्पनीमा एक वर्ष अगाडि रु पाँच लाखको बीमा गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी