×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाइड बडीबारे बोले बाबुराम, ‘यो त नाङ्गो भ्रष्टाचार भइहाल्यो, एनसेल र बुढीगण्डकीबारे पनि छानविन हुनुपर्छ’ (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार

PRIME CA

वाइड बडीबारे बोले बाबुराम, ‘यो त नाङ्गो भ्रष्टाचार भइहाल्यो, एनसेल र बुढीगण्डकीबारे पनि छानविन हुनुपर्छ’ (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- नयाँ शक्ति पार्टी, नेपालले सरकारले मुलुकमा अरबौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न नसकेको गम्भिर आरोप लगाएको छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको प्रतिक्रिया दिएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उहाँले वाइडबडि विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अरबौं अरब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै त्यसबारे आफ्नो पार्टीले संघीय संसदमा गम्भिर ढंगले कुरा उठाउने जानकारी पनि दिए । पूर्व अर्थमन्त्रीसमेत समेत रहेका भट्टराईले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नसकेको भन्दै सरकारको आलोचना पनि गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: