Skip to content
LAXMI SUNRISE BANK

बेस्ट फाइनान्सको वार्षिक साधारणसभा वैशाख ३१ गते हुने, यस वर्ष पनि लगानीकर्ताको हात खाली

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बेस्ट फाइनान्सको वार्षिक साधारणसभा वैशाख ३१ गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादीमा बिहान ११ बजे हुने भएको हो । सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा भने छैन । जसअनुसार कम्पनीले यो वर्ष पनि लगानीकर्तालाई निराश बनाएको छ ।  
कम्पनीले सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेस गर्नेछ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभाका लागि कम्पनीले वैशख १९ गते बुक क्लोज गर्दैछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK