काठमाडौँ – एभरेष्ट बैंक लि.द्वारा लुम्विनी विश्व सम्पदा क्षेत्रमा अवस्थित मायादेवी मन्दिर परिसर तथा यस परिसरका अन्य ठाउँमा पर्यटकको थकान मेटाउनका लागि २० थान बस्ने कुर्सी (Garden Chair) आज एक कार्यक्रम का बीच लुम्विनी विकास कोष लाई हस्तान्तरण गरीएको छ ।
मयादेवी मन्दिर परिसर मा आयोजीत उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा कार्यक्रमका प्रमुख अतिथी Venerable Metteyya Sakyaputtaलाई कुर्सी (Garden Chair) हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा लुम्विनी विकाश कोषका कोषाध्क्षय सुरेन्द्र मुनि शाक्य, परियोजना प्रबन्धक सरोज भट्टराई, बोर्ड सदस्य अमारिका कोहर लगायत लुम्विनी विकाश कोषका वरिष्ठ पदाधिकारीहरु, विभिन्न गुम्बाका पदाधिकारीहरु, स्थानीय ब्यापारीहरु, होटल ब्यवसायहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
एभरेष्ट बैंकले आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत आन्तिरिक तथा बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्