काठमाडौँ – प्रभु बैंकको नयाँ शाखा गुल्मी जिल्लाको रुरु गाउँपालिकामा सञ्चालन गरेको छ । बैंकले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य परिपूर्ति गर्न गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा पौष १५ गते नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।
गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित एक समारोहमा माननीय परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले प्रभु बैंकको रानीबास शाखा कार्यालयको समुद्घाटन गरे । रानीबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदुत महामहिम लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथिका रुपमा थिए ।
बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ । गुल्मी जिल्लास्थित बैंकको रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यावसायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको गुल्मी जिल्लास्थित रानीबास शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र रुरु गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्