- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु सेलेक्ट फण्डको इकाई आज मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ । प्रभु क्यापिटलको सामूहिक लगानी कोष अन्तर्गतको उक्त फण्डको १२ करोड ५० लाख इकाई सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आउने आएको हो ।
प्रभु क्यापिटलले सर्वसाधारण समक्ष प्रभु क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । नेप्सेले उक्त फण्डको कारोबारका लागि पीएसएफ कारोबार संकेत तोकेको छ ।