
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । सनराइज बैंकले थप दुई स्थानमा आफ्नाे शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ । बैंकले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं.–६ काे ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क न.पा वडा नं.–११ काे बनौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हाे । सो दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरले एटिएम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जानकारी दिएकाे छ ।
हाल बैंकले १३९ वटा शाखा, ७६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्