- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायन्स फाइनान्सको १०.५३% लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्रै संस्थाको सेयर किन्नेले १०.५३% लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कम्पनीले शुक्रबार एक दिनका लागि बुक क्लोज गर्दैछ भने वैशाख २२ गते साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०% बोनस सेयर र ०.५३% नगद लाभांश वितरण गर्दैछ । सभा लैनचौर बैंक्वेट लैनचौरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।