×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकद्वारा अर्चलबोट आमा समूहलाई डस्टविन प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंकद्वारा अर्चलबोट आमा समूहलाई डस्टविन प्रदान

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – कामना सेवा विकास बैंक लिमिटेडले पोखरा–२ अर्चलवोट स्थित अर्चलबोट आमा समूहलाई एक कार्यक्रमकावीच डस्ट्विन लगायतका सरसफाइका सामग्री प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग गरेको हो।
आइतबार पोखरा महानगरपालीका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्ल ज्यूको अध्यक्षतामा आयोजित एक समारोहबीच बैंकका सञ्चालक सदस्यद्धय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णु राज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष श्रीमती कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो।
त्यस अवसरमा बैंकका सञ्चालक सदस्य चतुराखर अधिकारीेले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नं. २ अन्तर््ागतका सडकहरुमा सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामाग्रीहरु प्रदानगरिएको बताउँदै त्यसको पूर्ण सदुपयोग हुने विश्वास व्यक्त गरे। यस अधि समेत बैंकको १२ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत बैंकले जीवनका लागि भोजन नेपाल (Food For Life Nepal), श्री भद्रकाली प्राथमिक विधालय, नेपाल अर्पान हाउस, श्री महर्षि गुरुकुल वेद विधाश्रम, श्री कल्याण आधारभुत विधालय तथा श्री लेखनाथ आधारभुत विधालय लगायतका विभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा जिन्सी सामाग्री सहयोग उपलब्ध गराएको स्मरण गर्दै आगामी दिनहरुमा यस प्रकारको सहयोग लाई निरन्तरता दिइने जानकारी गराउनुभयो ।
सञ्चालक सदस्य देवकृष्ण काफ्ले बैंकले प्रदान गरेको सहयोगको पूर्ण सदुपयोग हुने विश्वास ब्यक्त गर्दै बैंकको वर्तमान अवस्था तथा यसले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा जानकारी गराउनु भएको थियो । बैंकका पूर्व अध्यक्ष राजेन्द्रनिधि कोइरालाले बैंकले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै बैंक नाफामुखि मात्र नभएर सामाजिक रुपमा पनि उत्तरदायी रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा अर्चलबोट आमा समूहका अध्यक्ष श्रीमती कल्पना पराजुलीज्यूले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने अनन्ता सामुदायिक सेवा समिति का अध्यक्ष शर्मिला रेग्मी र विन्ध्यवासिनी मा. वि. का प्रार्चाय बसन्त राज पाण्डेले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा समाजसेवी भिमराज रेग्मी तथा बैंकका चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक विश्वराज अधिकारीले आफ्नो धारणा व्यक्त गरे । 
कार्यक्रममा अध्यक्षको आशनबाट पोखरा महानगरपालीका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लले बैंकबाट प्राप्त सामग्री को सहि सदुपोग गरिने जानकारी गराउदै वडा को सरसफाइ अभियानमा आमा समुहले खेलेको भुमिका तथा बैंकको सहयोग महत्वपूर्ण रहेको जानकारी गराउदै कार्यक्रममो समापन गर्नु भएको थियो । उक्तकार्यक्रमको सञ्चालन वडा नं. २ का वडा सदस्य गौतम बिजुक्छेले गर्नुभएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी