×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा ३८.१८% ले बढ्दा प्रतिसेयर नेटवर्थ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति विकास बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा ३८.१८% ले बढ्दा प्रतिसेयर नेटवर्थ कति ?

Artha Sarokar

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकले ६० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ३८.१८% ले नाफा बढाएर ६० करोड २५ लाख रुपैयाँ कमाएको छ । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।  
प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको वित्तीय विवरण उल्लेख छ । यता बैंकको खुद ब्याज आम्दानी ६.३२% ले घट्दा बैंकले सञ्चालन नाफा भने ३८.२४% ले बढेको छ । चैत मसान्तसम्म बैंकले ४५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
हाल यसको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ८५ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४३ करोड ६९ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.७६% बाट घटेर ०.५८% मा झरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी