
पोखरा- डिजिटल नेपाल र स्मार्ट सिटीको अवधारणालाई आत्मसाथ गर्दै अनलाइन सपिङ स्टोर फेवाबजार डट कमले ई–कमर्स सुरु गरेको छ । उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घर-घरमै सम्पूर्ण उपभोग्य सामाग्री पुर्याउने हेतुले सेवा सुरु गरिएको हो। बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दैफेवाबजारको सेवा,सामान, गुणस्तर लगायतका विषयमा सञ्चालकहरुले जानकारी गराए ।
फेवाबजार डटकमका प्रमुख प्रबन्धक हरि त्रिपाठीले केही अनलाइन सपिङ स्टोरहरुको खराब प्रवृत्तिका कारण उपभोक्ताहरुमारमा परेको बताए । तिनै कुराहरुलाई चिर्दैगुणस्तरको सन्दर्भमा कुनै सम्झौता नगरी फेवाबजारले अर्डर अनुसारका सामान ग्राहकमाझ पुर्याउनेउनको भनाई थियो । शाखा प्रमुख हरि कुँवरले फेवाबजारमा उपलब्ध हुने सामानहरुबारे जानकारी दिए । उनले फेवाबजार मार्फत सामान खरिद गर्दा इलेक्ट्रोनिक्समा २५, कपडामा २०, जुत्तामा ५, मोबाइलमा ३० र साहित्यीक किताबहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको सुनाए । हस्तकलाका सामाग्रीहरु पनि ग्राहकहरुले ‘अर्डर’ गर्न सक्ने उनले जनाए।
सोही अवसरमा फेवा बजार र मेगा बैंकबीच इएमआई सम्झौता भएको छ । शाखा प्रबन्धक हरि कुवँर र मेगा बैंक पोखराका ब्रान्च मेनेजरधर्मदत्त शर्मा बिच सम्झौता पत्र आदानप्रदान गरिएको थियो । सम्झौता पश्चात् बौल्दै ब्रान्च मेनेजर शर्माले गण्डकी प्रदेशकैलागि यो नौलो प्रयोग रहेको जनाए । शून्य ब्याजदरमा यस सेवा उपलब्ध गराइएको उनले सुनाए ।
इएमआई अर्थात मासिक किस्तामा सामान खरिदबारे कार्यकारी प्रबन्धक गोविन्द आचार्यले प्रष्ट्याए । ‘फेवाबजार सबै तहका ग्राहकका लागि होस् भनेर यो सेवा ल्याएका हौँ’ उनले भने ‘२० हजार माथीको सामान खरिदकालागि ग्राहकहरुले मेगा बैंक मार्फत किस्तामा तिर्न सक्नुहुनेछ ।’
फेवाबजारका कार्यकारी निर्देशक सुजन आचार्यले पोखरामा नै पहिलोपटक इएमआई सेवा सुचारु गरिएको जनाए । ‘सामान खरिदकालागि घण्टौँ बजार चाहार्नुपर्ने बाध्यता अब रहँदैन । हाम्रो वेभसाइट फेवाबजार डटकम मार्फत यहाँहरुले सामान खरिद गर्न सक्नुहुनेछ । हामी सामाजिक संजाल मार्फत पनि अर्डर लिन्छौं’ उनले भने ।सुरुवाती चरणमा गण्डकी प्रदेश र काठमाडौँ उपत्यकामासेवा सुचारु भैसकेको र स्थानहरु थप विस्तारगर्ने तयारी रहेको उनको भनाई थियो।उनलेफेवाबजारले मासिक रुपमा विशेष छुटको समेत व्यवस्था गरेको बताए ।
कार्यकारी निर्देशक सुजन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रबन्धक हरि त्रिपाठीलेस्वागत मन्त्ब्य ब्यक्त गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्