- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- राजन सिंह भण्डारी सिटिजन्स बैंकबाट बिदा भएका छन् । उनको कार्यकाल पुस १६ गते समाप्त हुने भए पनि उनी पुष १ गतेबाट बिदामा बसिसकेका छन् ।
मंसिर २८ गते बसेको बैंकको संचालक समितिको बैठकले सोही बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे हाे ।
लामो समय बैंकिङमा बिताएका उनी बिगत लामो समयदेखि विभिन्न संघ-संस्थाहरुमासमेत आवद्ध छन् ।