Skip to content
LAXMI SUNRISE BANK

सामाजिक उत्तरदायित्वमा सिटिजन्स बैंकको सहभागित, वुमन एक्टलाई एक लाख आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनले सामाजिक गतिविधि गर्दै आएको वुमन एक्ट नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
वुमन एक्टको केन्द्रीय कार्यालय टुसालमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाख रुपैयाँको चेक संस्थाका सञ्चालक सृजना अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
भुकम्प प्रभावित क्षेत्रका महिलालाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने कुरा संस्थाका सञ्चालक अधिकारीले बताए ।
सिटिजन्स बैंक इन्टरनेसनलले ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ५० हजार ग्राहकलाई बैकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK