काठमाडौँ – ज्योति विकास बैंक लि. ले तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आँबूखैरेनी गाउँपालिका वडा नं ३, आँबूखैरेनी, तनहुँमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति आँबूखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बीच मंगलबार (मंसिर २५ गते) का दिन संयुक्त रुपमा उद्घाटन गरे ।
हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।