×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्तालाइ तालिम प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्तालाइ तालिम प्रदान

१६ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स क.लि. ले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ । सम्पुर्ण नेपालीलाइ बीमाको दायरामा ल्याउने उद्देश्यका साथआफ्ना अभिकर्ताहरुलाइ पुनर्ताजगी प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुँच पु¥याउने उद्देश्यले कम्पनीले उक्त तालिम यहि मंसीर १४ र १५ गते २ दिन सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन भएको थियो ।
तालिम वुटवल शाखा प्रमुख रीता के.सी. मुख्य प्रशिक्षक र अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको सञ्चालन र संयोजकमा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने सुनवल उपशाखा प्रमुख शिवनाथ गुप्ता, वुटवल शाखा सञ्चालन सहायक गुणराज घिमिरे र अर्घाखाँची कार्यालय सहायक सर्मिला आचार्यको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । 
साथै उक्त कार्यक्रममा एजेन्सी मेनेजर, इन्स्योरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगाएतले विमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाउदै हाल भने धेरै सजिलो र सहज भएको बताएका थिए । साथमा, बजार प्रतिनिधिहरुले यस कम्पनिका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नु नपर्ने बताएका थिए । तालिममा अर्घाखाँचीका बिभिन्न स्थानबाट सहभागी २८ भन्दा बढी नयाँ अभिकर्ताहरुको उपस्थिति रहेको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी