×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाले ल्यायो नयाँ योजना, बैंकको भिषा डेबिट वा क्रेडिट कार्डमा क्यास ब्याक पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशियाले ल्यायो नयाँ योजना, बैंकको भिषा डेबिट वा क्रेडिट कार्डमा क्यास ब्याक पाइने

Artha Sarokar

१४ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एन आई सी एशिया बैंक लिमिटेडले नेपाल भित्र भिषाको सहकार्यमा POS मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुनेछ । यस अवधिमा एनआईसी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले POS मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको Cash Back पाईने छ ।
प्रथम कारोबारमा कारोबार रकमको २% वा बढिमा रु. १००/- Cash Back
दोस्रो कारोबारमा कारोबार रकमको ४% वा बढिमा रु. २००/- Cash Back
तेस्रो कारोबारमा कारोबार रकमको ६% वा बढिमा रु. ३००/-  Cash Back
चौथो कारोबारमा कारोबार रकमको ८% वा बढिमा रु. ४००/-  Cash Back
पाँचौ कारोबारमा कारोबार रकमको १०% वा बढिमा रु. ५००/- Cash Back
एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र Cash Backहुनेछ ।
एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र Cash Back हुनेछ ।
यस योजनाबाट बैंकको ४५०,००० भन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी