काठमाडौँ – महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही मंसिर ७ गते चन्दौटा शाखामार्फत खुरखुरीया कपिलवस्तुस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको हो ।
बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल एक सय ५० विद्यार्थीहरुलाई वितरण गरेको तथा स्कुल ब्याग कक्षा १ देखि कक्षा ५ मा अध्ययनरत कुल ६५ जना विद्यार्थीहरुलाई प्रदान गरेको जानकारी दिएको छ । उक्त कार्यक्रममा बैंकले उल्लिखित विद्यालयका प्रत्येक कक्षाबाट एक जना आर्थिक स्थिति कमजोर भएको विद्यार्थी छानीे कुल १० जना विद्यार्थीहरुलाई स्कुलको पोसाक वितरण गरेको थियो ।
यसै गरी बैंकको थापाथली शाखा कार्यालयले पनि यही कात्तिक १९ गते दृष्टिविहीन व्यक्तिहरुको पुनस्र्थापन तथा सशक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल दृष्टिविहीन कल्याण संघद्वारा पुनर्स्थापना तथा सशक्तीकरण सेवा पाइरहेका दृष्टिविहीन विद्यार्थीहरुलाई ब्रेल पेपर, टाइपोस्कोप तथा रिडिङ प्याड प्रदान गरेको थियो । बैंकले शिक्षा नै सशक्तीकरणको मूल आधार भन्ने कुरालाई मध्यनजर गर्दै ती बालबालिकाहरुको पठन–पाठनमा सहयोग स्वरुप उल्लिखित शैक्षिक सामग्रीहरु वितरण गरेको हो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्