
- रोहण शर्मा
‘लगानीकर्ता संघहरु’ लगानीकर्ताको ‘मामाघरहरु’ बन्नेतर्फ लाग्नुस् । कसैले खिर, कसैले हलुवा, कसैले पुलाउ खुवाउनेतर्फ सोच्नुस्, जसले गर्दा समय समयमा हाम्रो जिब्रोको स्वाद पनि फेरियोस् ।
लगानीकर्ता संघहरु एकताको सन्दर्भमा,
☆ कानुनले सँख्यानै तोकेर संघ खोल्न बर्जित गरेको छैन ।
☆ एकताको बिषयमा पनि कहिंकतै पनि बाध्यात्मक नीति नियम बनेको छैन । एकता भनेको आवश्यकता र आपसी समझदारीको बिषय हो ।
☆हाल रहेका संघहरुबीच एकता भएको खण्डमा पनि भोली फेरी अर्को संघ नजन्मेला भन्ने छैन । तसर्थ एकता भन्ने बिषयको कुनै औचित्य देखिंदैन ।
☆संघ खोल्ने एकता गर्ने भन्ने बिषयमा अल्झनुभन्दा पनि भएका संघ-संस्थाहरुबाट सार्वजनिक हितको बिषयमा एउटै आवाज आउनु जरुरी छ ।
☆एउटा मात्र संघ भएको खण्डमा बजारमा झन् एकाधिकार हुने, सँघका सदश्यहरु व्यक्तिगत स्वार्थमा केन्द्रीत हुँदा लगानीकर्ता कुहिरोको काग बन्ने सम्भावना अत्याधिक रहन्छ । सार्वजनिक हितको लागी खुलेका गैर नाफामुलक संस्थाहरु जति धेरै खुल्यो, त्यति लगानीकर्ताको आवाजहरुले ठाउँ पाउने हुन्छ ।
☆गलत कार्यको खबरदारीको लागी पनि लगानिकर्ता संघ दुई वा सो भन्दा बढी हुनु उपयुक्त हुन्छ ।
☆खुलेका सँस्थाहरुको गतिबिधी आम लगानिकर्ताले नजिकबाट नियाली रहेको हुँदा कामै नगर्ने र गलत काम गर्ने सँस्थाहरुलाई लगानिकर्ताको नजरमा टिक्न गाह्रो हुन्छ, फलत उनिहरु आफै हराउँदै जान्छन्। तसर्थ सँघ धेरै हुँदैमा कुनै समस्या हुने भन्ने हुँदैन।बिकल्प हुँदा लगानिकर्ताले कुन सही र कुन गलत भनेर छनौट गर्न पाउँछन्।
उदाहरण स्वरुप हेर्दा पहिले एउटा मात्र लगानीकर्ता सँघ हुँदा उक्त सँस्थाका पदाधिकारीहरुको सार्वजनिक गतिविधि सुन्य प्राय थियो । कुनामा बसेर मिटिङ गर्ने, भित्री कुरा सार्वजनिक नगर्ने, व्यक्तिगत स्वार्थको लागो लगानीकर्ताको नाम भजाएर हिंड्ने जस्ता कारणले सँस्था बदनाम थियो। लगानिकर्ता माझ त्यसको कुनै औचित्य थिएन।
अहिले अवस्था त्यस्तो छैन । दुई भन्दा बढी सँस्थाहरु खुलेका छन्, हरेकले लगानिकर्ताको लागी केहि नयाँ दिउँ भन्ने सोचका साथ अघि बढेका छन्, संस्था धेरै भएपनि आवश्यक परेको बेला सबै एक भएर लगानीकर्ताको पक्षबाट वकालत गरेका छन्।
अन्त्यमा,
लगानिकर्ता संघहरुलाई अनुरोध;
सानो छँदाको एउटा घटना याद आयो, दशैंमा मामाघर टिका लगाउन जाँदा ज्यादै रमाईलो लाग्दथ्यो किनकि मावली धेरै भएको हुँदा गोजीमा अटाईन अटाई दक्षिणा हुन्थ्यो । सँगैको मिल्ने साथीले निधार खुम्च्याउँदै भन्ने गर्थ्यो ,”यार तेरो त मामाघर नै चार वटा छ पैसा पनि टन्नै आउँछ मेरो त एउटा मात्र ! क्या बोर !”
हो तपाईंहरु पनि एकता गरेर लगानिकर्ताको एउटै मामाघर बनेर खिर मात्र खुवाउने सोच्नु भन्दा यथास्थितीमै रहनुस्, सबै लगानिकर्ताको फरक फरक मामाघर बन्ने तर्फ सोच्नुस्, लगानीकर्तालाई कसैले खिर, कसैले हलुवा, कसैले पुलाउ खुवाउनेतर्फ लाग्नुस् जसले गर्दा हाम्रो जिब्रोको स्वाद पनि फेरियोस् अनि हामीले पनि हाम्रो सबै मावली एक से एक छन् भनेर गर्व गर्न सकियोस् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्