- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले गरिब जनता र विशेषगरी विद्यार्थीको ढाड सक्नेगरी दुखद् तयारी गरेको छ । यातायात व्यवसायीको चर्को दबाबपछि सरकारले गरिबहरुको ढाड नै सक्नेगरी सार्वजनिक सवारीको भाडा बढाउने तयारी गरेको हो ।
पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिको कारण देखाउँदै व्यवसायीले भाडा बढाउनुपर्ने दबाब दिएपछी सरकारले भाडा बढाउने अन्तिम तयारी गरेको हो । व्यवसायीहरुले भाडा वृद्धि गर्न सरकारलाई आगामी १५ गतेसम्मको अल्टिमेटम दिएका छन् । सरकारले उनीहरुले भने अनुसार नै सोही अल्टिमेटमभित्र भाडा बढाउने गृहकार्य सरकारले थालेको हो ।
भाडा बढाउनेबारे यातायात व्यवस्था विभागका महानिर्देशक नेतृत्वको वैज्ञानिक भाडा समायोजन गर्ने समितिको बैठक मंगलबार बस्दैछ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार समिति बैठकमा सार्वजनिक सवारीको भाडाबारे छलफल हुने छ ।