
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अर्घाखाँची सिमेन्ट मुख्य प्रायोजक रहेको बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो २०१८ बिहिबारबाट काठमाडौँको भृकुटीमण्डपमा आयोजना भइरहेको छ । तर करिव २ लाख अवलोकनकर्ताले मेला अवलोकन गर्ने लक्ष रहेपनि पहिलो दिनको मेलाले त्यो लक्ष भेटिने छाँटकाँट नदेखिएपछि एकातर्फ मेलामा स्टल राखेकाले आयोजकलाई गाली गरेका छन् भने अर्कोतर्फ अर्घाखाँची सिमेन्टजस्तो पटक पटक गुणस्तरहीन प्रमाणित भएर स्पष्टीकरण सोधिएको सिमेन्टलाई मुख्य प्रायोजक बनाएर मेला आयोजना गरेको भन्दै अवलोकनकर्ताले पनि आयोजकप्रति गुनासो पोखेका छन् ।
अझ अचम्मको कुरा त के छ भने कार्यक्रमलाई सबैभन्दा ठूलो रकमको प्रायोजन गरेको अर्घाखाँची सिमेन्टको स्टलमै सबैभन्दा कम अवलोकनकर्ता पुगेका थिए । आवश्यकता भन्दा ठूलो स्टल, बोल्नै नजान्ने कर्मचारी र बजारमा बदनाम भएको इमेजका कारण अर्घाखाँची सिमेन्टको स्टलमा पुग्नेहरुको संख्या कम भएको थियो । बरु इन्स्योरेन्स कम्पनी, बैंक लगायतका स्टलहरुमा छिट्टफुट्ट भएपनि केहि मान्छे जम्मा भएका देखिन्थे । मेलामा राष्ट्रिय वाणिज्य बैंक, मुक्तिनाथ बिकास बैंक लगायतका बैंक र लुम्बीनी जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लगायतका इन्स्योरेन्स कम्पनीहरुले सहभागीता जनाएका थिए । मेलामा अवलोकनकर्ता भन्दापनि आयोजककै आफ्ना मान्छेहरु बढी थिए । मान्छे बढी देखाउनकै लागि जस्तोगरी स्टल भएकाहरुका थुप्रै कर्मचारी मेलामा देखिन्थे । यद्यपी केहि ‘जेन्यून भिजिटर’ पनि मेलामा पुगेको देखिन्थ्यो ।
आफ्ना प्रायोजकहरु सम्मिलित भएकाले मिडियाहरुको उपस्थिति पनि बाक्लै थियो कार्यक्रममा । केहि स्टलहरुले त आफ्नै मान्छे बोलाएर भीड भएको देखाएर सोहि फुटेज / फोटो खिच्नसमेत आग्रह गरिरहेका थिए । हुन त विदाको दिन आउनै बाँकी छ । एक्स्पो आजबाट बल्ल सुरु भएको हो । केहि दिन अझै एक्स्पो चल्ने छ । तर बिहिबारकै क्रेज हेर्ने हो भने यसपालीको यो एक्स्पो फ्लप भयो भन्दा फरक पर्दैन । हेरौं एक्स्पोका केहि झलकहरु तस्विरमा ।
















Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्