काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच बैकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले संयुक्त रुपमा हस्ताक्षर गरे ।