
काठमाडौं – कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्थाकोे दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आव २०७५/७६ का लागि लेखापरीक्षकको नियुक्ति, आव २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तनलगायत सर्वसम्मतिबाट पारित गरेको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
सभामा संस्थाको विशेष प्रस्तावअन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, जारी पूँजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्तावसमेत पारित भएको छ । साथै, सभाले प्रस्तावित जारी पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको ३२.५ प्रतिशत साधारण शेयर आईपीओ) जारी गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्