- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी इक्विटी फण्डको १० करोड इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा आज आइतबार १० करोड इकाई सूचिकृत भएको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस फण्ड प्रतिइकाई अंकित मूल्य रू. १० दरको ८ करोड इकाई सार्वजनिक निष्काशन गरेको थियो । बिक्री खुला गरेको अवधिमा मागभन्दा अधिक आवेदन परेकाले फण्डले २५ प्रतिशत इकाई थप गरी १० करोड इकाई बाँडफाँट गरेको हो ।