×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बदाई छ ! सिटी एक्स्प्रेसका ‘लखपति एक्स्प्रेस’ योजनाका बिजेता भए बासु थापा क्षेत्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बदाई छ ! सिटी एक्स्प्रेसका ‘लखपति एक्स्प्रेस’ योजनाका बिजेता भए बासु थापा क्षेत्री

Artha Sarokar

१५ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने छन् ।
त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताहरुले रु १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख जित्न सक्नेछन् । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार रसिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख जित्न सक्ने घोषणा भएको थियो।
यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १० हजार जितिसकेका छन् । 
ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो । हालै गरिएको उपहार घोषणा अन्तर्गत कोरीयाको जीमनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था)बाट पैसा पठाई पहिलो महिनाकाएक लाखको मासिक लक्की ड्रमा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबिच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरेको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी