Skip to content
LAXMI SUNRISE BANK

सानिमा लाइफले ल्यायो बीमाङ्कको ३ गुणासम्म पैसा पाइने स्किम, १० लाख रुपैयाँसम्मको बीमा

अर्थ सरोकार

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सानिमा शुभ लक्ष्मी जीवन बीमा योजना बजारमा ल्याएको छ। यस योजना अनुसार बीमितलार्इ बीमा अवधिमा केहि भएमा बीमाङ्क रकमको तीन गुणासम्मको दाबी भुक्तानी पाइने छ। योजना परिपक्व भएको अवस्थामा बीमाङ्क रकम बराबरको पैसा र बोनस पनि प्राप्त गर्न सकिनेछ। 
यस योजना अनुसार बीमा कम्पनीले आर्जन गरेको नाफाबाट बीमितलार्इ बोनसको रुपमा प्रदान गर्नेछ। कम्पनीले जीवन बीमा कोषको भ्यालुएसन गरेर आएको रकमलार्इ ‘सरप्लस’ भनिन्छ। यसरी आएको सरप्लसको ९० प्रतिशत रकम बोनसको रुपमा बीमितलार्इ प्रदान गरिने कम्पनीका महाप्रवन्धक केशवराज केसीले बताए। यसैबाट बीमितहरु कम्पनीको मुनाफामा सरिक हुनेछन्। 
मध्यम तथा निम्न वर्गिए समुदायलार्इ लक्षीत गर्दै कम्पनीले न्युनतम २५ हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको बीमाङ्क तोकेको छ। यसले गर्दा थोरै आम्दानी भएका जनसमुदाय पनि यस बीमा योजनामा सरिक हुन सक्ने केसीले बताए। नेपालमा धेरै भन्दा धेरै मानिस थोरै आम्दानीका कारणले बीमाको दायरमा आउन नसकेको अवस्थामा यस्ता योजना मार्फत ति समुदायलार्इ समेट्न सकिनेछ, उनले भने। 
न्युनतम १६ वर्षेदखि अधिकतम ६० वर्ष समुहका नेपालीले यो बीमा पोलिसी खरिद गर्न सक्नेछन्। यो पोलिसी न्युनतम अवधि १० वर्षको रहेको छ भने अधिकतम ५४ वर्षसम्मको लागि हुने छ। यो पोलिसी अधिकतम ७० वर्षसम्ममा परिपक्व हुनेछ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK