×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ९७ हजार ७०६ कित्ता संस्थापक सेयर बिक्री खुला, यी ठाउँहरुबाट आवेदन दिन सकिने

PRIME CA

एनआइसी एसिया बैंकको ९७ हजार ७०६ कित्ता संस्थापक सेयर बिक्री खुला, यी ठाउँहरुबाट आवेदन दिन सकिने

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज आइतबारबाट एनआइसी एसिया बैंकले ९७ हजार ७०६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । 
लगानीकर्ताले यो सेयरमा वैशाख १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् भने नागरिक लगानी कोषको सेयरमा न्यूनतम १४ सय ५५ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्समा न्यूनतम ४६३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट सो सेयरमा बोलपत्र पेश गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: