×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंकद्वारा बाल मन्दिर माध्यमिक विद्यालयलाई भौतिक सामाग्री हस्तान्तरण

PRIME CA

ओम डेभलपमेन्ट बैंकद्वारा बाल मन्दिर माध्यमिक विद्यालयलाई भौतिक सामाग्री हस्तान्तरण

२१ आश्विन २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – ओम डेभलपमेन्ट बैंक लि.ले पोखरा ३ नदिपुर स्थित बाल मन्दिर माध्यमिक विद्यालयलाई भौतिक सामाग्री प्रदान गरेको छ । विद्यालयमा आज आयोजित एक समारोहका बीच विद्यालय व्यबस्थापन समितिका अध्यक्ष देवेन्द्र किशोर बास्तोला र प्रधानाध्यापक सुशील बस्नेतलाई संयुक्त रुपमा प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । सो विद्यालयमा हाल कक्षा १ देखी १२ सम्म गरी १३०० जना बिधार्थी अध्ययनरत छन् । 
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिभिन्न संघ संस्थाहरुलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आईरहेको छ ।
बिकास बैंकले आषाढ मसान्तसम्म २१ अर्ब ४५ करोड निक्षेप संकलन गरी १८ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ५० हजार, एटिएम संख्या १९ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक हो । बैंकले प्राइम कमर्सियल बैंकसंग एक्बिजिसनमा जानको लागि हालै मात्र समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: