×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा अघि बढ्दै आशा लघुवित्त वित्तीय संस्था, एकैसाथ पाँच नयाँ शाखा सञ्चालनमा

PRIME CA

शाखा विस्तारमा अघि बढ्दै आशा लघुवित्त वित्तीय संस्था, एकैसाथ पाँच नयाँ शाखा सञ्चालनमा

११ आश्विन २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले आश्विन ११ गते एकैदिन थप पाँच वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ ।
थप गरिएका शाखा कार्यालयहरु सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका तथा रौतहटको मौलापुर नगरपालिकामा स्थापना गरिएका छन् ।
शाखा कार्यालयहरु थप गरिएपछि वित्तीय संस्थाको जम्मा शाखाहरुको संख्या ४१ पुगेको छ । साथै वित्तीय संस्थाले सातैवटा प्रदेशहरुमा शाखाहरु विस्तार गरेको छ । स्थानीयजन प्रतिनिधिहरुको सहभागीतामा शाखाहरुको उद्घाटन गरिएको संस्थाले जनाएको छ ।
विपन्नवर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्य लिई स्थापित यस राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले पहुच अभिवृद्धिका क्रममा शाखाहरु स्थापना गरेको तथा संस्थाले आगामी दिनहरुमा अझ सहज र प्रभावकारी रुपमा वित्तीय सेवा प्रवाह गर्ने जानकारी प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: