
काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले २ नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले आफ्नो नयाँ शाखा रुपन्देही जिल्लाको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा सञ्चालन गरिएको हो । शाखा विस्तार पश्चात रुपन्देहीमा १२ शाखा कार्यालय पुगेका छन् भने कुल शाखा संख्या ३६ पुगेको छ । यसबाहेक, १ वटा एक्सटेन्सन कार्यालयबाट समेत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकले रुपन्देही जिल्लाको शंकरनगर र कोटिहवा तथा नवलपरासी जिल्लाको सुनवलमा छिट्टै शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । आवश्यकता र सम्भाव्यताका आधारमा थप शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
चुक्ता पूँजी एक अर्व ६२ करोड रहेको यस बैंकले हालसम्म १४ अर्व ६५ करोड निक्षेप परिचालन गरि १३ अर्व २१ करोड कर्जा लगानी गरेको छ । गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइसकेकोले आगामी असोज २८ दशौं बार्षिक साधारणसभा गर्न लागेको समेत बैंकले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्