
काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक र हरिसिद्धी, ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका सेयरधनिहरुले विभिन्न सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.का कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्