- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सार्वजनिक यातायातको पास बनाई बिक्री गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले निषेधाज्ञाको समयमा सवारीसाधनको पास दुरूपयोग गरी खरिद क्री गर्ने चार जनालाई नियन्त्रणमा लिएर जरीवाना गराएको हो ।
बन्दका बेला अत्यावश्यक कामका लागि सहजता होस् भनी जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सवारी पासको व्यवस्था गरेको थियो ।
तर सोही सवारी पासलाई रंगीन फोटोकपी गरी बिक्री गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनिहरुबाट १ लाख ५५ हजार रुपैयाँ जरिवानासमेत गरिएको छ ।