
काठमाडौँ – माछापुच्छ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिज सर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
यो सम्झौतासँगै बैंकले तोकेबमोजिमका वित्तीय साक्षरतासम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिटसँगको संयुक्त सहकार्यमा)ले गर्नेछ । यस सम्झौताको कार्यन्वनपश्चात नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।बैंकले उक्तवित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धि तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन,किताब र पढ्ने सामग्रीहरु वितरण आदि कार्यहरु गरिने जनाएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्