
काठमाडौँ – एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘जीवन संजीवनी’ (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले लुम्बिनीमा आयोजित शाखा प्रबन्धक सम्मेलनको समुद्घाटन कार्यक्रमका अवसरमा नयाँ बीमा योजना सार्वजनिक गरे ।
उक्त योजनामा न्यूनतम् ५० हजारको बीमाङमै शुरु गर्न सकिने, बीमितले बीमा अवधिभर पटक–पटक किस्तामा भुक्तानी पाउने, बीमित ९९ वर्ष पूरा हुन्जेल जीवितै रहेमा थप बीमाङ रकम भुक्तानी पाउने, बीमितले बीमाको रकम भुक्तानी पाउन बीमा समाप्ति अवधिसम्म कुर्नु नपर्ने, बीमा अवधिका आधारमा बीमा शुरु भएको तीन वर्षदेखि नै किस्तामा बीमाङको रकम भुक्तानी पाउने, बीमा अवधिभित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमा शुल्क नतिरी नै बीमाङ रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी पाउने विशेषता रहेको छ ।
कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रहेको छ । यसअघि १८ वटा जीवन बीमा योजनाप्रचलनमा ल्याएको कम्पनीले २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् जीवन बीमा सेवा दिँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्