
- बाबुराम भुसाल / अर्थ सरोकार डटकम
काठमाडौँ- पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँची सिमेन्टको ‘ब्राण्ड नाम’ खारेज गर्ने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक अर्थ-राजनीतिक कार्यक्रम ‘कुरा खस्रा मिठा’मा बोल्दै उनले यस्तो दावी गरेका हुन् । अर्घाखाँची जिल्लासँग उक्त सिमेन्टको कुनै पनि नाता नभएको भन्दै सिमेन्ट उद्योगले स्थानीय जनताहरुलाई धोका दिएको खुलासासमेत गरेका छन् ।
निकै कठोर रुपमा प्रस्तुत भएका रायमाझीले सिमेन्ट कम्पनीले गरेको बदमासी कुनै पनि हालतमा स्वीकार्न नसकिने दावी गरेका छन् । यसो त उक्त सिमेन्टको नाम खारेज गरी पाउँ भनी विभिन्न निकायमा उजुरी परिसकेको छ । ‘म त्यहाँको जनप्रतिनिधि हो, तर कम्पनीले खानी दर्ता गराएर डाँडा नै बेचेर खाएको पाइएको छ ।’ उनले भनेका छन् । कार्यक्रमको पूर्ण अंश टिभी टुडे टेलिभिजनमा आइतबार बेलुकी ९:३० बजे प्रशारण हुँदैछ ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्