
काठमाडौँ – ज्योति विकास बैंक लि. र कुमारी बैंक लि. बिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गरेका छन्।
ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउँदैछन ।
यस सम्झौतापश्चात कुमारी बैंकका ८५ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्