
काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र नर्भिक अस्पतालबीच सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र नर्भिक अन्तर्राष्ट्रिय अस्पताल बीच मंगलबार मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता बमोजिम मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो ।
सम्झौता अनुसार, नर्भिक अस्पतालले दिईरहेको बार्षिक स्वास्थ्य परिक्षण प्याकेजको नियमित छुटमा मेगा बैंकको ग्राहकलाई थप ५ प्रतिशत छुट दिने भएको छ । यसैगरी, प्याथोलोजी, रेडियोलोजी, सिटी स्क्यान, एमआरआई, मेम्मोग्राम, मुटुसम्बन्धी उपचार र शल्यक्रियामा १०–१० प्रतिशत छुट दिने भएको छ । साथै, अस्पतालमा भर्ना हुने ग्राहक र उनको परिवारले ५ प्रतिशत छुट पाउने छन् । मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकलाई नर्भिकले फास्ट ट्रयाक मेडिकल केयर सर्भिस दिनुका साथै आकस्मिक एम्बुलेन्स सेवा समेत प्रदान गर्ने भएको छ ।
ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै मेगा बैंकले यस प्रतिष्ठित अस्पतालसँग साझेदारी गरेको हो । यो सेवाबाट मेगा बैंकका पाँच लाख भन्दा बढी ग्राहक र उनीहरुको परिवार लाभान्वित हुने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्