×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र नेपाल क्यान्सर हस्पिटलबिच सम्झौता, सिटिजन्सका ग्राहकलाई उपचारमा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंक र नेपाल क्यान्सर हस्पिटलबिच सम्झौता, सिटिजन्सका ग्राहकलाई उपचारमा विशेष छुट

Artha Sarokar

१६ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, हरिसिद्धि बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । 
अस्पतालमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी