×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ‘आधारभूत कर तथा लेखा नीति’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकको ‘आधारभूत कर तथा लेखा नीति’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

१३ श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सनराइज बैंक लिमिटेडले लमजुङ जिल्लाको सुनदरबजार नगरपलिका र बेशिसहर नगरपलिकाका व्यवसायीका लागि सयुक्त रुपमा आधारभूत कर तथा लेखा नीति बारेमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो(ऋक्च्सं) स्थागत सामाजिक उत्तरदायित्व निभाउने क्रममा बैंकको सुनदरबजार शाखा र बेशिसहर शाखाद्धारा आयोजित उक्त कार्यक्रमबाट झन्डै तीन सय जना स्थानीय व्यवसायी लाभान्वित भएका छन् । तालिममा परिवर्तित कर तथा लेखा नीतिको बारेमा जानकारी दिइयो । सहभागीहरुलाई उक्त कार्यक्रममा सोहि बैंकका अधिक्रित, चार्टड एकाउन्टेन्ट सुगम पोखरेलले “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि अभिमुखिकरण दिएका थिए ।
कार्यक्रममा उद्यमीहरूलाई निम्न विषय वस्तुका बारेमा जानकारी गराइयो ।
१. सामान्य लेखाशास्त्रका सिद्धान्त ।
२. चालुपुँजी व्यबस्थापनका आधारभूत नियमहरु ।
३. नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण पत्र ।
४. व्यबसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्तै व्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण ।
५ अर्थिक बर्ष २०७५।७६मा करमा भएका नयाँ परिवर्तन ।
कार्यक्रममा परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तीय सेवाहरुमा मात्र सिमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालनमा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको जानकारी दिइयो । त्यस्तै, व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पुर्याउने हेतुले ँष्लबलअष्ब िब्मखष्कयचथ ऋभिि को स्थापना गरेको जानकारी पनि कार्यक्रममा दिइयो । यस सेलबाट बैंकले आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पुर्याउनले लक्ष्य लिएको बैंकका शाखा प्रबन्धकहरु अंकित श्रेष्ठ र यादब राज उपाध्यायले जानकारी दिए । उक्त कार्यक्रममा उपस्थित सबैलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । 
बैंकले “हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी