×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : ‘आइएमई पे’ले आफ्नो गैरकानुनी काम आंशिक सच्यायो, वेवसाइटमा अझै दादागिरी !

PRIME CA

अर्थ सरोकार समाचार प्रभाव : ‘आइएमई पे’ले आफ्नो गैरकानुनी काम आंशिक सच्यायो, वेवसाइटमा अझै दादागिरी !

१३ श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आइएमई ग्रुपको पेमेन्ट गेटवे आइएमई पेले आफ्नो गलत काम आंशिक रुपमै भएपनि सच्याएको छ । नेपाल सरकारअन्तर्गत उद्योग विभागमा ट्रेडमार्क दर्ता नै नभई कम्पनीले आफ्नो लोगोमा रजिष्ट्रड ट्रेडमार्कको गैरकानुनी प्रयोग गरेको समाचार अर्थ सरोकार डटकमले प्रकाशन गरेपछि कम्पनीले आफ्नो नयाँ प्रचारात्मक सामाग्रीमा उक्त ट्रेडमार्क चिन्ह हटाएको छ । आइएमईले अहिले ‘आइएमई पे गरौँ’, ‘५० रुपैयाँ बोनस’ लगायतका क्याम्पेनहरुमा उक्त चिन्ह हटाइएको लोगो प्रयोग गरिरहेको छ ।

अर्थ सरोकारको युनिट काठमाडौँ भृकुटीमण्डपमा आयोजित मेनेजमेन्ट फेष्टिभलको समाचार बनाउन पुग्दा त्यहाँ रहेको आइएमई पेको स्टलमा लोगो सच्चिएको देखिएको थियो । त्यसपछि हामीले यसबारे बुझ्दा सबैजसो ठाउँमा कमपनीले आफ्नो लोगोबाट गैरकानुनी ट्रेडमार्क सच्याईसकेको रहेछ । यद्यपी कम्पनीको वेवसाइटमा भने अझै उक्त गैरकानुनी लोगो प्रयोग गरिएको छ । यसबारे बुझ्दा आइएमई पेका कर्मचारीले उक्त लोगो पनि छिट्टै नै सच्याउने बताएका छन् । यहि लोगोलाई लिएर पत्रकारसँग झगडा गरेका आइएमईका कार्मचारी राजु पौडेलको अनुरोधमा वेवसाइटबाट भने तत्काल उक्त गैरकानुनी लोगो नहटेको आइएमई स्रोतको दावी छ ।    

भएको के हो ?
‘आइएमइ पे’ले यसअघि गैरकानुनी रुपमा आफ्नो लोगोमा ट्रेडमार्क चिन्ह प्रयोग गर्दै आएको थियो । नेपालको प्रचलित कानुन अनुसार उद्योग विभागमा ट्रेडमार्क दर्ताका लागि आवेदन दिएपछि करिव एक बर्ष लोगोमा TM चिन्ह मात्र राख्न पाइन्छ । उक्त प्रक्रियाका बीचमा कसैको दावी विरोध नपरेको खण्डमा मात्र ® चिन्ह प्रयोग गर्न पाइन्छ । तर प्रचलित कानुनको धज्जी उडाएर ठुलो हुनुको दादागिरी प्रस्तुत गर्दै आइएमइ ग्रुपले आइएमइ पेको लोगोमा गैरकानुनी ट्रेडमार्क प्रस्तुत गरेको थियो । आइएमई पेमा मात्र होइन कम्पनीले आइएमइ पे वालेटको लोगोमा पनि यस्तै गैरकानुनी ट्रेडमार्क दावी गरेको थियो । कम्पनीले आफ्नो गलत कामलाई सच्याएको छ । यसअघि सोहि ग्रुप अन्तर्गतको कम्पनी आइएमई जनरल इन्सुरेन्स कम्पनी लिमिटेडले पनि ट्रेडमार्कको गैरकानुनी प्रयोग गरेको भन्दै अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि कम्पनीले आफ्नो गल्ती सच्याएको थियो । समाचार प्रकाशन लगत्तै कम्पनीले गैरकानुनी रुपमा प्रयोग भएका ट्रेडमार्क चिन्हलाई सेतो स्टिकरले छोप्ने काम गरेको थियो ।
गल्ती सच्याउनुअघि पत्रकारलाई धम्की, केहि सीप नलागेपछि कम्पनीले गल्ती सच्यायो !
यसो त कम्पनीले सजिलै आफ्नो गल्ती सच्याउन मानेको भने होइन । अर्थ सरोकार डटकमले आइएमई पेले गरेको गैरकानुनी कामको पर्दाफास गरेपछी आफुलाई आइएमई ग्रुपकै प्रवक्ताजसरी आइएमईका पीआर अफिसर राजु पौडेलले अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेललाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै आफुलाई सरोकार नै नभएको विषयमा थर्काएका थिए । तर उक्त काम गैरकानुनी भएको अर्थ सरोकारले खुलासा गरेपछि आइएमई पेको उक्त कदमको चौतर्फी आलोचना भएपछि अन्तत: कम्पनीले आफ्नो गल्ती सच्याएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: