
काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेड र मेडिसिटी अस्पतालसँग एक सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात बैंकका ग्राहक वर्गले नेपाल मेडिसिटीमा उपचार गराउँदा उपचार शुल्कमा सात प्रतिशत छुट पाउने छन् । बैंकका कर्मचारी र कर्मचारीका परिवारले १० % छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ। छुटका लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड लिनुपर्ने बैंकले जनाएको छ ।
देशभर महालक्ष्मी बैंकले ७३ शाखाबाट बैकिङ सेवा प्रदान गर्दै आएको छ । हालसम्म बैंकका चार लाख ४० हजार जनाले उक्त बैंकमा खाता खोलेका छन् । बैंकले आगामी दिनमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमति पनि गरेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्